अन्तर्राष्ट्रिय

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड



काठमाडौँ, ३१वैशाख

परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो । शीघ्र सेवा प्रवाह र समस्या समाधानमा तत्परताका साथ प्रस्तुत हुन उहाँले निर्देशन पनि दिनुभयो । त्यसनिम्ति आफ्नातर्फबाट सहयोग हुने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष ०८२÷८३ को हालसम्मको कार्यसम्पादनको समीक्षा तथा मूल्याङ्कन भएका थियो । साथै, मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका अवरोध तथा चुनौती समाधान गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसहित मन्त्रालयका उच्च अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । –––

Powered By  Orson Infotech

प्रकाशित : ३१ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६