काठमाडौं १० पुस।न्याय परिषद्ले विभिन्न विवादित न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।केही समययता परेका उजुरी र यसअघि प्रारम्भिक छानबिन भइसकेका प्रतिवेदन केलाइरहेको न्याय परिषद् अब कारबाहीमा केन्द्रित भएको हो।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दा न्यायिक सुशासनका लागि व्यक्त गरेको प्रतिबद्धता अनुसार विवादित न्यायाधीश निशानामा परेको न्याय परिषद् स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।प्राप्त जानकारीअनुसार, हालसम्मको अध्ययनले…