पार्वती पाण्डेकपिलवस्तु २२ मंसिर ।१४ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन रेस्लिङले आकर्षण थपेको छ । रेस्लिङमा दर्शकहरुको भिड लागेको थियो । शुक्रवार करिव ४ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन उक्त सङ्ख्यामा दर्शकहरुको उपस्थिती रहेको महोत्सव संयोजक राज कुमार खाँणले वुद्धदर्पणलाई बताउनुभयो…