विराटनगर२२ कार्तिक । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक एवम् अर्थशास्त्री पुरञ्जन आचार्य नियुक्त भएका छन्।बुधबार अपराह्न बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यलाई उपाध्यक्ष नियुक्त गरेको हो। मुख्यमन्त्री केदार कार्कीले बुधबार नै आचार्यलाई नियुक्तिपत्र प्रदान गरे।त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका आचार्य विराटनगर महानगरपालिका(८ निवासी हुन् । विद्यार्थीकालमा नेविसंघको राजनीतिमा सक्रिय उनी गिरिजाप्रसाद कोइराला…