०१ चैत्र फाल्गुन बर्दिया — बर्दियाको राजापुर नगरपालिका–७ शंकरपुरकी ६५ वर्षीया धन्सी कामीले ३० वर्षअघि सुकुम्बासी समस्या समाधान आयोगबाट पाँच कट्ठा जग्गा प्राप्त गरिन् । उक्त जग्गामा बसोबास गरेको दुई दशकसम्म यहाँ वन्यजन्तुको डर थिएन ।उनको बस्तीको सीमा भारतीय कतरनियाघाट वन्यजन्तु आरक्षसित जोडिएको छ । जसले गर्दा एक दशकयता शंकरपुर र आसपास क्षेत्रका बासिन्दा चयनले बस्न पाएका छैनन् ।…