बुटवल १६ साउन ।साउन महिना लागेसँगै रुपन्देही लगायत तराईका जिल्लाहरुमा डेंगुका बिरामी बढेका छन् । सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुमा डेंगु परीक्षण गराउनेहरुको संख्या पछिल्लो साता ह्वात्तै बढेको छ । गत साताको बुधबारदेखि परीक्षण गराउनेको संख्यामा एक्कासी वृद्धि भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको त्याङ्कले देखाउँछ । लुम्बिनी प्रदेशमा तराईका जिल्लाहरु रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, दाङ, बाँके,…