काठमाण्डौ ९ साउन – पहिरोले घर पुरिँदा अछाममा तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ । एक जना घाइते भएका खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले उज्यालोलाई जानकारी दिनुभयो ।अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको हो । स्थानीय निरक शाहीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको ज्यान गएको…