दाङ – चुनाव प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर सल्यान कालिमाटी गाउँपालिका २ दानीचौरका १८ वर्षीय खुमराज थापाको ज्यान गएको छ । चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जीपको छतबाट आज शनिवार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।…