भक्तपुर २४ बैशाख ।बिहीवार सत्तारुढ दलका नेताबाट जे जस्ता अभिव्यक्ति प्रकट भए, त्यसले मुलुकको राजनीति निरंकुशता उन्मुख त हुँदैछैन भन्ने संदेश दिएको छ। चुनावी अभियानमा एकअर्काप्रति राजनीतिक दलहरुको असहिष्णु अभिव्यक्तिको श्रृङ्खाला जारी नै छ। गाली गलौचको तल्लो स्तरमा उत्रेर गठबन्धन दलका नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरुबाट आएका अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुन्छ।…