काठमाडौं ७ फागुन – राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी माग्नु भएको छ । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उहाँले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताउनु भयो ।पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको…