दाङ २८ माघ । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनाको शोकमा आज तुलसीपुर बजार बन्द भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आज एकदिन बजार बन्द गर्ने निर्णय गरेको हो । चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेको हो…