काठमाडौं १५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न लिखित रुपमा नै आग्रह गरेपछि सत्तारुढ गठबन्धनमा यसको विरोध भइरहेको छ । शनिबार गठबन्धनको बैठकमा नेताहरुले राष्ट्रपतिले प्रधानमन्त्रीलाई चुनाव नसार्न लिखित आग्रह नै गर्नु अधिकारक्षेत्रको उल्लंघन भएकोसमेत टिप्पणी गरेका छन् । बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनबारे लिखित रुपमै…