कपिलवस्तु १५ माघ – कपिलवस्तुमा पर्ने जगदीशपुर ताल चराहरूको सुन्दर घर हो । बर्सेनि हजारौँ पाहुना चराहरूले यो ताललाई वासस्थान बनाएका छन् । जलपक्षीहरूको आउने क्रम बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत गरिएको हो ।हरेक वर्ष जाडोयाम सुरु भएसँगै रुस, चीन, मङ्गोलिया, साइबेरिया, तुर्केमिस्तान र किर्गिस्तानबाट हजारौँ चरा जाडो छल्न…