काठमाडौं १६ माघ : अवैध तरिकाले भित्र्याएको सुन सहित प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित सोही महानगरपालिका-१५ रामबजार बस्ने रेशम सुनारलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट…