सिमकोट (हुम्ला), १८ कात्तिक देउसीभैलो खेलेर सङ्कलन भएको रकमले बाटो मर्मत गरिएको छ । देउसीभैलो मनोरञ्जनका लागि खेल्ने गरिए पनि पछिल्लो समय यहाँका केही समूहले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानी गर्न थालेका हुन् । हुम्लाको अदानचुली गाउँपालिका–१ तल्लो कल्खे गाउँका युवाले यस वर्षको तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमले दैनिक आवतजावत गर्ने बाटो मर्मत…