कर्णाली

तीन रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक अभाव



सिमकोट (हुम्ला), १७ कात्तिक

सर्केगाड गाउँपालिका–१ तुम्चका १२ वर्षीय अनिल लावड यतिबेला तीनवटा रोगसँग लडिरहनुभएको छ । उहाँको एक सातादेखि बाँकेको नेपालञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकस भएको अनिलका बुबा चैते लावडले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान–बेलुका के खाने भन्ने चिन्ता छ । यस्तैमा छोरो अस्पतालको बेडमा लडिरहेको छ ।”

अनिलको आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको छ । यसका लागि रु सात लाख खर्च उहाँका बुबा चैतेले बताउनुभयो । “मसित पैसा नहुँदा छोरा बचाउन मुश्किल भएको छ”, उहाँले भन्नुभयो । अनिल हेपाटाइटिस बी र कालाजारबाट समेत पीडित हुनुहुन्छ । उहाँका बुबा चैतेले छोरा बचाइदिन सबैलाई हारगुहार गरिरहनुभएको छ । सिटिजन्स बैङ्कको खाता नम्बर ०६५०१००००१४६९०२७ तथा आफ्नो मोबाइल नम्बर ९७६९२४६३९७ फोन गरी सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

प्रकाशित : १८ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६