काठमाडौँ ८ माघ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीबाट अतिरिक्त शुल्क लिने नोबेल र काठमाडौं मेडिकल कलेज केएमसीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई नोबेल र केएमसी मेडिकल कलेजले शिक्षा मन्त्रालयको निर्णय र निर्देशन उल्लंघन गरेकाले गृह प्रशासनमार्फत कारबाही अघि बढाउन आग्रह गरेका हुन् । शुक्रबार गृह…