एजेन्सी २१ कार्तिक । तरकारीलाई बास्ना दिन र स्वादिष्ट बनाउन लसुनको प्रयोग गर्ने गरिन्छ । भोजनको स्वाद बढाउनका साथै औषधिय गुण पनि हुने भएकाले यसको महत्व निकै धेरै हुने गर्छ । लसुन एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । लसुनमा भिटामिन सी, बी–६, म्याग्निज र सेलेनियम जस्ता पोषक तत्त्वहरु पाइन्छ । यसले उच्च रक्तचाप कम गर्ने, कोलेस्ट्रोल नियन्त्रण…