अर्थ-वाणिज्य

संरक्षित जैविक क्षेत्र मास्न कस्सीयो लुम्विनी प्रदेश सरकार ,वाताबरण बिज्ञ चिन्तित



दाङ १५ कार्तिक ।लुम्बिनी प्रदेशको राजधानी तोकिएको देउखुरी क्षेत्र जैविक मार्ग र साँघुरो घाँटी (बोटल नेक) भएको स्थानमा परेपछि वातावरण विज्ञले चिन्ता व्यक्त गरेका छन् । संघीय सरकारले संरक्षित क्षेत्र तोक्दै करोडौं रकम खर्चिएको क्षेत्रमै प्रदेश सभाले प्रदेशको स्थायी राजधानी तोकेको हो । यो क्षेत्रलाई पर्यावरणीय रुपमा दाउरा झिक्न समेत प्रतिवन्ध लगाइएको क्षेत्र मानिन्छ । लुम्बिनी प्रदेशमा दाङको भालुवाङ–लमही क्षेत्र, पाल्पाको तिनाउ (दोभान) क्षेत्र र बाँकेको महादेवपुरी साँघुरा घाटी भएका जैविक मार्ग हुन् ।

     वनजंगल अतिक्रमण भएर साघुरिएको क्षेत्रलाई साँघुरा घाटी ‘बोटल नेक’ भनिन्छ । यसको संरक्षणका लागि नेपालमा १९ वर्ष अघिदेखि काम हुदै आएको छ । यसै कार्यक्रममा करोडौं रकम खर्च भएको छ ।लुम्बिनी प्रदेशको राजधानी तोकिएको क्षेत्र समेत त्यही प्रतिबन्धित क्षेत्र हो । यद्यपि सरकारले वन क्षेत्र नभई बस्ती भएकै स्थानमा पूर्वाधार निर्माण गर्ने जनाएको छ । विश्व बन्यजन्तु कोषसँगको सहकार्यमा यो कार्यक्रम चरिरहेको छ । तराई भू–परिधि कार्यक्रमका निर्देशक भरत गोतामेले संघीय सरकारले रणनीति बनाएर यस्ता क्षेत्रको संरक्षणमा काम गरिरहेको बताउनुभयो ।

     वनसँग आश्रित परिवारलाई अन्य आर्थिक उपार्जनमा जोडेर वनमाथिको निर्भरता घटाउने गरिएको गोतमेले बताउनुभयो ।  करोडौं रकम खर्चेर संरक्षण भइरहेको जैविक मार्गको जंगल राजधानीको पूर्वाधार बनाउँदा मासिने हो कि भन्ने चिन्ता वातावरण विज्ञको छ । 

प्रकाशित : १५ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६