जीवनशैली

कोभिड प्रभाव : भौतिक पूर्वाधार र संरचनामा आक्रमक लगानी



तुलसीपुर, १८ कार्तिक । कोभिड १९को  प्रभावका करण जनचेतना मुलक र सामाजिक अभियानका काम हुन नसक्ने भएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले  भौतिक पूर्वाधार र संरचनामा आक्रमक लगानी वढाएको छ । जसका कारण तुलसीपुर उपमहानगरपालिकाको गौरबका रुपमा रहेको राप्ती बबई बहुमुखी क्याम्पसले संरचनाको अभाव झेलिरहेको समस्या हल भएकोछ  ।

    गरिव, विपन्न र निम्न आय भएका विद्यार्थीले अध्ययन गर्ने कलेजमा पूर्वाधार निर्माणको समस्यालाई तुलसीपुर उपमहानगरपालिकाले समाधान गरिदियो ।विश्वविद्यालय अनुदान आयोगले भौतिक पूर्वाधार निर्माणमा म्याचिङ्ग फण्डको लागि उपमहानगरपालिकाले रकम हालेपछि अहिले अडिटोरिएम हल वनेको छ । त्यसलाई पार्टेशन गरेर कक्षा सञ्चालनका लागि तयारी गरिएको छ ।‘उपमहानगरपालिकाकै सहकार्यमा प्रदेश सरकारबाट ५० लाखको लागतमा क्यान्टिन समेत निर्माण भएको छ ’ राप्ती बबई बहुमुखी क्याम्पस सञ्चालन समितिका सदस्य मोहन भण्डारीले भने । उनले थप कामका लागि नगरपालिकाको आश्वासन पाएको वताउँदै योजना वनाईरहेको पनि उनले जानकारी दिए ।

    तुलसीपुरको गौरबका रुपमा रहेको राप्ती आँखा अस्पतालमा ओपिडि भवन निर्माणको काम अन्यौलमा रहेको थियो । उपमहानगरपालिकाले अस्पतालसँग समपुरक अनुदानमा ५० लाख रुपैया हालेपछि अहिले भवन निर्माणको काम पुरा भएको छ । ‘भवनको बाँकी फिनिसिङ्गको काम पनि नगरपालिकासँगको सहकार्यमा गरिने भएको छ ’ नेत्रज्योति संघ दाङ्गका अध्यक्ष कृष्णकुमार गिरीले भने । उनले उपमहानगरपालिकाको सहयोगका कारण प्रदेशबाट समेत वजेट ल्याउन सहज भएको जानकारी दिए ।

    तुलसीपुरमै रहेको नेपाल रेडक्रम सोसाईटीको भवन निर्माणको काम पनि अलपत्र अवस्थामा रहेको थियो । कुनै पनि निकायबाट वजेट पाउन नसक्दा भवनको आधा काम मात्रै वनेको थियो । ‘तुलसीपुर उपमहानगरपालिकाले ५० लाख अनुदानमा सहयोग गरेपछि अहिले भवनको काम पुरा भएको छ ’ अध्यक्ष नारायण कुमार आचार्यले वताए । उनले स्थानीय सरकारको सहयोग विना काम सम्पन्न गर्न कठिनाई भएको समेत वताए ।

    उपमहानगरपालिकाले विभिन्न संस्थागत भवन निर्माणको कामलाई अगाडी वढाएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले तुलसीपुरमा प्रहरीको प्रादेशिक कार्यालय निर्माण गर्नका लागि सहयोग गरिएको पनि जानकारी दिए । ‘तुलसीपुरमा महत्वपूर्ण कार्यालय राख्नका लागि हामीले विभिन्न सहयोग गरेका छौ ’ प्रमुख पाण्डेले भने ।

    उपमहानगरपालिकाका वजेट तथा योजना शाखा प्रमुख टेकवहादुर खड्काका अनुसार प्रदेश प्रहरी कार्यालयको भवन निर्माणका लागि ३१ लाख, पक्की नाला निर्माणका लागि ३ लाख, सशस्त्र प्रहरी वल सुरक्षा वेस क्याम्पको पर्खाल र गेट निर्माण ३ लाख, अपाङ्ग समाज सुधार केन्द्रको भवन निर्माणका लागि ४ लाख, निमित्त राष्ट्रसेवक समाजको भवन निर्माणका लागि ४ लाख, इलाका प्रहरी कार्यालयको वन्दी गृह निर्माणका लागि करिव ८ लाख, पार्किङ्गका लागि करिव ३ लाख, युनाइटेड भवनको कार्यालय निर्माणका लागि साढे दुई लाख सहयोग गरिएको पनि प्रमुख खड्काले जानकारी दिए ।

    यसैगरी तुलसीपुर नगर जेसीज र लायन्स क्लवको भवन निर्माणमा पनि उपमहानगरपालिकाले विभिन्न सहयोग गरेको प्रमुख पाण्डेले भने ।आर्थिक अभावमा कुनै पनि संस्थागत संरचना निर्माणको काम पछाडि नपर्ने उनले वताए । ‘काम गर्ने संस्थाहरुलाई योजना लिएर आउने अनि चाहिए जति रकम लैजानुहोस् भनेको छु’ उनले भने । उपमहानगरपालिका सबैसंस्थाहरुलाई स्रोत साधन सम्पन्न वनाएपछी मात्रै उपमहानगरपालिका पनि सम्पन्न हुने उनको भनाई छ । ‘उपमहानगरपालिकाको जग भनेका यहाँका संघसंस्थाहरु हुन् यी सबैलाई हामीले सहयोग गर्नुपर्ने हुन्छ ’ नगरप्रमुख पाण्डेले भने ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६