मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ।कतिपय अवस्थामा पत्थरीको समस्या जन्मजात पनि हुन्छ । वंशाणुगत युरिक एसिड र अक्जालेटको…