काठमाडौँ, १६ कात्तिक साहित्य, शिक्षा, पत्रकारिता, बौद्ध दर्शन, समाजसेवा र सङ्गीतजस्ता विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १२ व्यक्तित्वलाई शनिवार यहाँ आयोजित एक कार्यक्रमबीच सम्मानित गरिएको छ । सूचक प्रकाशनद्वारा आयोजित ‘सूचक सम्मान तथा पुरस्कार समर्पण समारोह’मा उक्त प्रकाशनले आफ्नो १६औँ वार्षिकोत्सवका अवसरमा १२ प्रतिष्ठित व्यक्तित्वलाई नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेको हो । बौद्ध चिन्तन…