परासी, ६ असार । पश्चिम नवलपरासीमा आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा कोरोनो पोजेटिभ देखिएको छ । विहिवार घर पठाउने क्रममा उनीहरुलाई प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, वडाअध्यक्षले खादा र मिठाई खुवाएर बिदाई गरेका थिए । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरुलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलनका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई…