कोरोना कहर जता हेर्छु, भुवन सन्त्रस्त भैदियो,
आर्तनादमा आत्मा रोयो, खुशी कुन्ठित रहिदियो।
चाइना देखि उदाएको ,द्रुतमार्ग लिदै गयो,
विश्व भ्रमण खोजीराछ ,क्रुर पापी अधर्मी यो।
पवनसरी फैलिदियो, मनुष्य कठै अमुक रहे,
क्षोभ लाग्दो कथा अहो१ लाखौं जन आहत भए।
दौडोगति लिइ सारै ,साँच्चीकै पवनै सरी,
विज्ञान पछि लागिकन ,दौडिदैछ कसै गरी।
तरङ्गित छन् भ्रम कतै,हृदय चिरी फैलिरहे,
भोकको कहरमा कतै ,श्रमिक,गरिब तड्पिरहे।
योद्धा भए कति आज,जीवन मरणको विन्धुमा,
निशदिन छन् घरमै कति, डुबी भावनाका सिन्धुमा।
लेखाजोखा हराएर ,स्वस्थ मानव भेदन,
जीउने मर्ने निधो छैन , छैन ओखती सेवन।
कस्तो सङ्कट आयो प्रभु,पाएनौँ कतै सञ्जीवनी ,
ठूलो, सानो, धनी, गरिव, रहेन अछुत कोहिपनि ।
स्वयम् सेवी , सुरक्षा र स्वास्थ्यकर्मी,कठैबरी
भोकै प्यासै डटेका छन् ,अहोरात्र कसै गरि।
डाक्टर, नर्स, राष्ट्रसेवक उनै हाम्रा प्राण दाता,
सम्मान छ उनैलाई , भयौ रक्षक जो दिनरात।
स्यालुट गर्न मन लाग्यो त्यस्ता वीर जतिपनि,
ज्यानको बाजी थापिकन टार्न संकट लौँहै भनि।
हात लामो नभई कतै ,कर्म दिव्य पारौ हामी,
मुठी आखिर खाली हुन्छ, मरि रैछ के नै लानी।
आलोचक होइन अहिले,सदासयी भइकन ,
बल्दो संकट टार्नुनै छ , अझ सजक रहिकन।
फैलाउँ जोशिला हात , सहयोगी बनी कन,
छाउला हर्षबहार प्रात कालो बादल हटिकन।
वसन्त रिक्त पूर्ण होला, पालुवा नयाँ पलाउदैँ,
मिर्मिरे नौलो आउला पक्कै, दिव्य आभा फैलाउदैँ।
प्रतिक्रिया