सिमाबाट केही गज पारिबाट
म मेरो देशका ती हरियाली
वसन्त आमन्त्रित पहाड हेर्दै
त्यो भारतिय सिमाको
प्रचण्ड गर्मीमा पसिना पुछ्दै
अगिल्लो खल्तिमा स्याहार संग राखिएको
नेपाली लेखिएको खोस्टो हेर्दै
आफैलाई प्रश्न गर्छु
के म नेपाली हुँ ?
आज म खाडीको एक कुनाबाट गुहार गर्दा पनि
मेरै देश सुरक्षित फर्काउ भनी बिन्ती गर्दा पनि
कानमा कपास ठोकेर
विपतमा लुट्न पल्केकाहरु
असुन्य बन्दा लाग्छ,
हामी, देशका मात्र रेमिटेन्स हौं
कामै नलागेका नरपिचास हौं
वश चुनावी माहोलमा सडकमा उत्रने साधन मात्र हौं
एक बिचित्रको मानवीय हेर्दै
नाम मात्रको म नेपाली हुनुमा धिकार्छु
फेरि खाडीको एक कुनामा
आमाको एक रोदन सङ्गै
एक कागजी खोस्टो हम्किदै सोच्छु
साच्चै,
के म नेपाली हुँ ?
प्रतिक्रिया