बुटवल ३५ माघ । उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७८ बाट रुपन्देहीमा बरिष्ट पत्रकार शेरबहादुर केसी पुरस्कृत हुने भएका छन् ।नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसंग सहकार्य गरी दुई दशकअघि यो पुरस्कार स्थापना गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिले केसीलाई छनौट गरेकोमा अनुमोदन गर्ने…