खोज–अनुसन्धान

राष्ट्रिय यूवासंघको नेतृत्वमा तौलेश्वर ,स्थानीय सरकारको अनुपम अनूभूति बिजयनगरमा : पोलिटब्यूरो भटराई




कपिलवस्तु ९ भदौ ।गौरवपूर्ण इतिहास बोकेको राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँपालिकाको दोस्रो युवा भेला तथा अधिवेशनवाट ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल बिजयनगर पालिका कमिटी गठन भएकोछ । तौलेश्वर खटिक अध्यक्ष, गिता विश्वकर्मा, उपाध्यक्ष , अर्जुन पोखरेल, सचिव , सकिम मुसलमान सहसचिव र तेज बहादुर पुन कोषाध्यक्ष सहित ४१ सदसयीय कमिटी निर्विरोध निर्वाचत भएको हो।

नेकपा एमाले पार्टी पोलिटब्युरो सदस्य , पूर्वसांसद तथा कपिलवस्तुका जिल्ला इन्चार्ज खिमलाल भट्टराईले भेलाको समुद्घाटन गर्दै बिजयनगरले कपिलवस्तुमा फरक इतिहास रचेको वताउनु भयो । यहाका बासिन्दाले स्थानीय सरकार कस्तो हुनु पर्छ भन्ने अनूभूती गर्नेगरी काम भएको वताउनु भयो ।केन्द्रीय सदस्य तथा सांसद गिरधारी लाल न्युपानेले मदन भण्डारी जस्ता ब्यक्तित्व यूवा राजनीतिका उपज भएको बताउदै प्रखर यूवाको एमालेका कमी नरहेको वताउनु भयो ।

सोही भेलामा एमालेका उपसचिव एवम प्रदेश सांसद अर्जुन केसीले अव देश बनाउने जिम्मा यूवाले लिने बेला आएको औल्याउनु भयो । एमालेका जिल्ला सचिवालय सदस्य एवम पार्टी स्कूल तथा प्रशिक्षण विभाग उपप्रमुख भेषराज पाण्डेले नेपालका यूवा बिदेश जानवाट नरोक्ने हो भने देशमा भयाभह स्थिती आउने तथ्य पेश गर्नु भयो । यूवाले धन र नाम दुबै कमाउन उद्यमशील बन्ने कामको नेतृत्व लिन उहाले आग्रह गर्नु भयो ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य विजयनगर गाउँपालिका उत्प्रेरक धन कुमारी अधिकारीले एमालेको मिसन ०८४ को लक्ष्य पुरा गर्न यूवासंघ अहोरात्र खट्ने वताउनु भयो । पालिका अध्यक्ष एवम एमालेका जिल्ला सचिवालय सदस्य गोपाल थापाले विजयनगरमा यूवाको काम अनुसारका शशक्तिकरणका कार्यक्रम पालिकाले लागु गरेको स्पष्ट पार्नु भयो दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल पूर्व जिल्ला इन्चार्ज टोपलाल पोखरेल , पार्टी जिल्ला सचिवालय सदस्य कृष्ण भण्डारी ,यूवासंघका जिल्ला अध्यक्ष कमल क्षेत्री लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भेलामा ३ सय बढी यूवाको उत्साहजनक सहभागिता थियो ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६