खोज–अनुसन्धान

उपमहानगरको पहलमा डेंगीको परीक्षणमा ४ सय छुट



बुटवल ३२ साउन । अब बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको अनुरोधमा मेलान रुपन्देहीले तीन महिनाको लागि ६ सय रुपैंयामा डेंगीको संक्रमण भए नभएको परीक्षण गर्ने निर्णय गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराए ।यस अगाडि डेंगी परीक्षण गरे वापत १ हजार रुपैंया लिईँदै आएको र बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा विरामीलाई सहुलियत प्रदान गर्ने गरी निर्णय गरिएको उजले जानकारी गराए ।

देशभर महामारीको रुपमा फैलिरहेको डेंगी संक्रमण नियन्त्रणको लागि नगरपालिकाले त्यस विरुद्धको अभियान सञ्चालन गरेको छ भने बुटवल उपमहानगरपालिका पनि उच्च जोखिममा रहेको औंल्याउँदै नगरप्रमुख स्तरीय निर्णय गरेर नगरपालिकाको विशेष सहयोगमा डेंगी संक्रमण परीक्षण दस्तुर ६ सय रुपैंया हुनेगरी लागु गर्न सम्बन्धित स्वास्थ्य संस्थाहरु (ल्याव)लाई अनुरोध गरिएको थियो ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६