गण्डकी, २० मङ्सिर (रासस) इँटा र काष्ठकलाले सजिएको फल्चा । सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार । साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो । पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमले मानिसहरुलाई फल्चामा जुटाएको थियो । मौलिक लोकबाजासहित बालकलाकारको…