नवलपुर (नवलपरासी), २५ चैत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म चलेको ‘राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२’ सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका र गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा नारायणी नदीस्थित राइनो क्रुजमा भएको यस कार्यक्रमले साहित्य, पर्यटन र संस्कृतिलाई एकै मञ्चमा ल्याउँदै स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा उजागर गरेको छ । उत्सवमा करिब सयभन्दा बढी स्रष्टाले कविता, गजल,…