कर्णाली, ९ वैशाखः ज्वाला क्षेत्रका नामले परिचित कर्णालीको पवित्रस्थल दैलेख पञ्चकोशीको नाभिस्थानमा धार्मिक पर्यटन मेला लाग्ने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजक समितिका अध्यक्ष नवीन योगीले जगत् जननी सत्यदेवीको नाभी पतन भएको नाभीस्थानमा यही वैशाख १३ गतेदेखि १९ गनेसम्म मेला सञ्चालन हुने…