रामजित तेली, कपिलवस्तु, मंसिर ३ कपिलवस्तु नगरपालिकास्तरिय प्राथमिक तह खुला हाजिरजवाफ प्रतियोगिता उत्कृष्ट उत्साहका साथ सम्पन्न भएको छ। शैक्षिक स्तरमा प्रतिस्पर्धात्मक क्षमताको विकास र विद्यार्थीमा ज्ञान–कौशल अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा तिलौराकोट माध्यमिक विद्यालय, गोवरीले उल्लेखनीय प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो।प्रतिस्पर्धामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागी भई सामान्य ज्ञानदेखि सामाजिक विज्ञान, विज्ञान तथा प्रविधि,…