काठमाण्डौ, २५ पुस । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको…