लुम्बिनी ३० फागुन । लुम्बिनी प्रदेश सरकारको वर्तमान सत्ता पल्टिने भएपछि सत्तागठबन्धन भित्रको ‘आलोपालो सरकारको नेतृत्व’ सम्बन्धी बहस मत्थर बनेको छ। सत्ता नै संकटमा पर्ने देखिएपछि सत्ताको आलोपालो नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र माओवादी केन्द्र यो सहमति कार्यान्वयनको पाटोबाट पछि हटेका हुन्। तत्कालीन शंकर पोख्रेल नेतृत्वको सरकार ढलेपछि गठबन्धन मार्फत माओवादीका कुलप्रसाद केसी नेतृत्वमा…