कपिलबस्तु, ०५ असार । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ,नर्बे एन.ए.बी.पी.,नर्बे को आर्थिक सहयोगमा आमा समूहको लागि एक दिने प्राथमिक आँखा उपचार तालिम शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं.१,२ र ५ का आमा समूहका…