काठमाडौं, १४ जेठ । नेकपा एमालेकी सांसद शान्ता चौधरीले अध्यक्ष केपी शर्मा ओलीबारे कांग्रेसका महामन्त्री गगन थापाले गरेको टिप्पणीको खण्डन गरेकी छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताएका थिए । थापाले भनेका थिए, ‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ…