धनगढी ८ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयर निर्वाचित भएसँगै यहाँ पनि सत्ता गठबन्धन असफल भएको छ। यसअघि कलैया र घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनका उम्मेदवार पराजित भएका थिए।सत्तागठबन्धनमा रहेका पाँच दलले छ महानगर र ११ उपमहानगरमा केन्द्रबाटै भागबन्डा गरी उम्मेदवार उठाएका थिए।सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वड मेयर र नेकपा माओवादी…