खोज–अनुसन्धान

धनगढीमा सत्ता गठबन्धन स्वतन्त्रका सामु असफल




धनगढी ८ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयर निर्वाचित भएसँगै यहाँ पनि सत्ता गठबन्धन असफल भएको छ। यसअघि कलैया र घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनका उम्मेदवार पराजित भएका थिए।सत्तागठबन्धनमा रहेका पाँच दलले छ महानगर र ११ उपमहानगरमा केन्द्रबाटै भागबन्डा गरी उम्मेदवार उठाएका थिए।सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वड मेयर र नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी उपमेयर उम्मेदवार थिए। आज आएको मतपरिणामअनुसार दुबै पराजित भएका छन्। हमालले २६ हजार ८ सय ६५ मतसहित मेयर जितेका छन्।
यहाँ नेकपा एमालेकी उम्मेदवार कन्दकलाकुमारी रानाले १५ हजार चार सय ७९ मत ल्याएर उपमेयर निर्वाचित भइन्।धनगढीमा माओवादीसँग तालमेल गर्दा कांग्रेसले मेयर, उपमेयरसहित एक वडा गुमाएको छ। ०७४ मा यहाँ वडले कांग्रेसबाट मेयर जितेका थिए।०७४ मा मेयर, उपमेयर र १२ वडा जितेको कांग्रेसले यसपटक ११ वडामा मात्रै जित निकालेको छ। धनगढीमा १९ वडा छन्।
कांग्रेसका वडलाई कांग्रेसले नै जितेका वडाबाट पनि राम्रो मत आउन सकेन। पार्टीभित्रैबाट उनलाई मेयरमा धेरै भोट नआएपछि कांग्रेसभित्र अन्तरघातको भएको आशंका हुन थालेका छन्।‘अघिल्लो चुनावमा आरजु राणा देउवालाई पनि यस्तै कारणले हराए, यसपटक मेयरलाई कांग्रेसले त भोट हाले तर कांग्रेसीले हालेनन्,’ एक नेताले व्यंग्य गर्दै भने।यतिमात्रै होइन कांग्रेसका केन्द्रीय सदस्य, अघिल्लो चुनावमा प्रदेशसभा उम्मेद्वार रहेकी जीवन रानाका वडामा एमालेले जित्यो।कांग्रेस कैलाली जिल्ला सभापति नारायण भट्टको वडामा पनि एमालेले जित्यो। कांग्रेसका क्षेत्रीय सभापति भीम भडालका वडामा पनि अध्यक्षमा एमालेले जितेको थियो। यी वडा अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो।कांग्रेसले यो चुनावमा वडा नम्बर १, २, ३, ४, ५, ९, १३, १४, १५, १७ र १९ मा विजय हासिल गरेको छ।

एमालेले वडा नम्बर ७, ८, १०, १२ कांग्रेसबाट खोसेको छ।माओवादी केन्द्रले पनि कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएको थियो। उसले पनि जित निकाल्न सकेन। साथै अघिल्लो चुनावमा जितेका २ वडा गुमाएको छ। अघिल्लो चुनावमा माओवादीले जितेको ३ र १५ नम्बर वडा कांग्रेसले खोसेको छ।माओवादी केन्द्रले यसपटक वडा नम्बर ६, ११ र १६ मा विजय हासिल गरेको छ। अघिल्लो चुनावमा माओवादीले ३, ६, ११, १५ र १८ नम्बर वडा जितेको थियो।

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६