ब्राजिलमा बाढी र पहिरोमा परेर ७१ जनाको मृत्यु भएको छ। ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन्। रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ। बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन्। सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन्। बाढीमा फँसेका…