काठमाडौँ, १३ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् । पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका…