काठमाडौं, ३१ असोज ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले ऐन कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन पनि दिनुभयो । सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । प्रहरीका सबै…