कास्की, ३० असोज । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको ज्यान गएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएको छ । आज आइतवार पोखराको सराङकोटमा आकाशमा उडिरहेको अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पोखरा–१० अस्पताल चोकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए…