काठमाडौँ १६ माघ — सत्ता गठबन्धनको बैठक बस्नु अघिल्लो दिन माघ ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी कांग्रेसका केही शीर्ष नेतासँग निर्वाचनबारे परामर्श गरे । त्यसबेला नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले गठबन्धनको निरन्तरताका लागि संसद्को निर्वाचन अगाडि गर्नुपर्ने धारणा राखे । उनीहरूले वैशाखमा संसद् र कात्तिक–मंसिरमा स्थानीय निर्वाचन गर्न सुझाव दिएका थिए । त्यसपछि पार्टी…