काठमाडौं, ३० चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा छन् । प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप…