काठमाण्डाै - सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी हुनुभएको छ । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनुभएको हो । विमलाले ८५ मत ल्याउनुभयो भने उहाँसँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र…