काठमाडौं ५ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ । एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो । लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । ‘लोसपा एमसिसीको विपक्षमा छैन,…