काठमाण्डौ, ०५ पुष । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई नियोजित हल्ला को संज्ञा दिनुभएको छ । आज सोमवार अर्थ मन्त्रालयमा आयोेजित पुँजीगत खर्चसम्बन्धी अन्तर–मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको अर्थतन्त्रका सूचकमा सङ्कट आएको भनी भ्रम छर्न खोजिएको बताउनुभयो । ‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो…