भारत २९-मंसिर/ भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नयाँ दिल्लीसहित ८ राज्यमा फैलिएको छ । राजधानी नयाँ दिल्ली, महाराष्ट्र, राजस्थान, कर्नाटक, गुजरात, केरला, आन्ध्र प्रदेश र चन्डीगढ (युनियन टेरिटरी) मा नयाँ ओमिक्रोन भेरियन्टका सक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलबार दिल्लीमा ओमिक्रोनका थप ४ संक्रमित फेला परेका छन् । योसँगै भारतभर हालसम्म ४५ जनामा…