काठमाण्डौ, २९ मंसिर । नेपाल हस्तकला महासङ्घ ५० औँ वर्षमा प्रवेश गरेको छ । महासङ्घले स्वर्ण महोत्सव वर्षभरि विभिन्न प्रवर्द्धनमूलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ ।हिजो मङ्गलवार काठमाण्डौमा आयोजित स्वर्ण महोत्सवको घोषणा, १० औँ हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महासङ्घको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा…