भद्रपुर भन्सार कार्यालयका भन्सार अधिकृत प्रमोद पौडेलसहित चार जना कर्मचारीविरूद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ। राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले एक करोड ६० लाख ७५ हजार ३७८ रुपैयाँ बिगो माग्दै सोमबार पौडेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो। अन्य मुद्दा दायर गरिएका कर्मचारीमा नायब सुब्बा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्य छन्।…